Websoft University

ईटहरीबाट पकेटमार पक्राउ



सुनसरी, वैशाख ३० गते । रातो तारा डट कम, सुनसरीको ईटहरी उप-महानगरपालिका-२० तरहराबाट प्रहरीले आज १ जना पकेटमारलाई पक्राउ गरेको छ । पाकेट मारेको आरोपमा ईटहरी-१९ बस्ने बर्ष २३ को सुमन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । राईले बिहान ८ बजेको समयमा ईटहरीबाट धरान तर्फ जाँदै गरेको बसमा सवार रहेका ईटहरी-५ बस्ने बर्ष ५९ को हजारमान तामाङको पाईन्टको गोजी काटेर नगद ३० हजार पकेट मारी अटोमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका राईको साथबाट प्रहरीले पाकेट मारेको नगद २८ हजार बरामद गरेको छ । बरामद नगद सहित राईलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.