काठमाण्डौ बैशाख ३१ गते । रातो तारा डट कम,श्रीलंकामा सरकारले फेसबुक, ट्वीटर लगायत अन्य सामाजिक सञ्जालमाथी अस्थायी प्रतिबन्ध लगाएको छ । केही दिनअघि भएको बम आक्रमणपछि सामाजिक सञ्जाल मार्फत विवाद हुँदा हिंसात्मक घटना समेत भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको
हो । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार श्रीलंकामा फेसबकु, ट्वीटर, ह्वाट्सएप लगायत सन्देश पठाउन मिल्ने अन्य सामाजिक सञ्जालसमेत अस्थायी रुपमा प्रतिबन्धित भएका छन् । फेसबुकबाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिम समुदायका व्यक्तिले चलाएका पसल स्टोरमा ढुंगा हान्नेदेखि कुटपिटसम्मका घटना भएपछि सामाजिक सञ्जाल बन्द गराइएको हो । सरकारले हल्लाहरु फैलिन नदिन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायको जनाएको छ ।
Post a Comment