Websoft University

प्रदेश स्तरीय दोस्रो मेयर गोल्डकप चैनपुर र कटारी अघि


मोहन राई-चैत्र २६ गते । रातो तारा डट कम,संखुवासभाको चैनपुरको रंगशालामा मंगलबार भएको  १ नं. प्रदेश स्तरीय दोस्रो मेयर गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो चरणको खेलमा उदयपुरको कटारी नगरपालिकाले संखुवासभाको खाँदवारी नगरपालिकालाई १–३ विजयी गदै अघि बढेको छ भने आजै भएको संखुवासभाको चैनपुर नगरपालीकाले संखुवासभाकै पाँचखपन गनरपालिकालाई ०–३ ले विजय गर्दै अघिबढेको छ ।

कटारी र खाँदवारी वीच भएको प्रतियोगितामा निर्धारित समयावधी भित्र दुवै टिमले गोल हान्न नसकेपछि ट्राइव्रकरमा १–३ ले कटारीले उछिन्दै अघि बढेको थियो । आज भएको खेलमा कटारीका लक्की कार्की र चैनपुरका गिल्सन लिम्बू म्यान अफ द म्याच घोषित भएका थिए ।

“खेलकुद मार्फत पर्यटन,पहिचान, प्रगति र गरीमाः समृद्धि र एकताको लागि फुटवल चैनपुर नगरीमा” भन्ने मुल नाराका साथ भैरहेको १ नं. प्रदेश स्तरको खुल्ला पुरुष फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका १३ टिम सहभागी रहेको
छ । भोलि संखुवासभाको मादी नगरपालिका भर्सेस उर्लाबारी नगरपालिका, मोरङ्ग र  सूर्योदयन नगरपालिका इलाम भर्सेस म्यागलङ्ग नगरपालिका, तेह्रथुम वीच प्रतिस्पर्धा हुने मूल आयोजक समितिका सदस्य सचिव टंक रोक्काले जनाएको
छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.