Websoft University

जुपिटर बोर्डिंग स्कुलले २५ औं वार्षिक उत्सव मनायो


शिव भट्टराई सुनसरी चैत २६ गते । रातो तारा डट कम,मोरंङको सुन्दरहरैचा नगरपालिकाको वार्ड नं ३ स्थित जुपिटर बोर्डिंग स्कुलले २५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गर्दै मंगलबार भव्यतापूर्वक मनाएको छ।

कार्यक्रमकि अतिथि सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धना तामाङले आफना कुरा राख्दै गुणस्तरीय शिक्षामा जोड दिदा राम्रो हुने बताउनु भयो।

त्यसैैैैगरी कार्यक्रममा विद्यालयको गतिविधिका बारे प्रधानाध्यापक हरीशचन्द्र ढकालले प्रकाश पार्नु भएको थियो।यसै अवसरमा विद्यालयका उत्कृ्ष्ठ विद्यार्थीहरु साथै सोही विद्यालयमा पढेर बनेका सफल इन्जिनियर देवेन्द्र शाह र सफल कृषक सरोज नेपाल लगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा  वडा नं.३ का वार्ड अध्यक्ष जीवन ढुंगानाले बिद्यार्थीहरुलाई अभिभावकले घरमा अनुशासनको शिक्षा र स्कुलमा शिक्षकले गुणस्तरीय शिक्षा दिन सके आउने दिनमा सुखी र समृद्ध नेपाल बनाउने सरकारको चाहाना पूरा हुने कुरा बताउनु भएको छ।

 वरिष्ठ साहित्यकार लेखक तथा कोशी कलेज इटहरीका निर्देशक मनु मन्जिल, प्याब्सन केन्द्रिय सदस्य तथा माउन्ट मकालू बोर्डिंग स्कुलका प्रधानध्यापक हेमन्त कार्की, लगायतले शुभकामना दिनु भएको थियो भने कार्यक्रम अर्जुनराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम
 सोहि बिद्यालयका शिक्षक लेखनाथ सुबेदीले संचालन गर्नु भएको थियो।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.