Websoft University

“पत्रकारितामा श्रम सवाल”विषयमा अन्तरक्रिया सम्पन्न


काठमाडौ चैत २६ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समितिको आयोजनामा  “पत्रकारितामा श्रम सवाल” विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

महासंघको सभाहलमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले श्रमजीवी पत्रकार तथा कर्मचारीहरुले तोकिएको तलब पाउनुपर्ने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने काम सरकारको रहेको भन्दै त्यसमा पत्रकारको ऐक्यवद्धता हुनुपर्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सञ्चार सम्बन्धी चार÷पाँच वटा कानून आउन लागेको बताउँदै त्यसले सम्पूर्ण सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने बताउनुभयो । कार्यक्रममा महासंघका सचिव तथा श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक  रामप्रसाद दाहालले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयनका लागि सरकार पछि हट्न नहुने बताउनुभयो ।

त्यस्तै महासंघका सचिव रेम विश्वकर्माले सञ्चार प्रतिष्ठानहरुमा पत्रकार तथा कर्मचारीको नियुक्ति गर्दा समावेशीताका सिद्धान्तलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।

उहाँले श्रमजीवीको मुद्दालाई महासंघले उठाएर बहसलाई उत्कर्षमा पु¥याएपछि सरकार त्यसलाई लागु गर्न बाध्य भएको बताउनुभयो । उहाँले मिडिया मालिकहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न आनाकानी गरेको भएता पनि त्यसलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिका अध्यक्ष शेखर अधिकारीले सञ्चार प्रतिष्ठानमा इन्टनसिपमा काम गर्ने पत्रकार बारेमा पनि निश्चित पारिश्रमिक तोकिनुपर्ने बताउनु भयो ।

प्रेस संगठन नेपालका अध्यक्ष गणेश बस्नेतले श्रमजीवीहरुले आफुले गरेको परिश्रमको उचित मूल्य पाउनुपर्ने भन्दै पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सरकार आफ्ना निर्णयबाट पछि हट्न नहुने बताउनुभयो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका अध्यक्ष इन्द्र राउत, आदिवासी जनजाति पत्रकार संघका अध्यक्ष डण्ड गुरुङ्ग तथा अनलाईन पत्रकार संघका अध्यक्ष सिव सत्याल लगायतले आ–आफ्नो धारणा तथा जिज्ञासा राख्नु भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.