Websoft University

आठौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्चलाई सातै प्रदेशमा परिक्रमा गराईने


काठमाण्डौ चैत २७ गते । रातो तारा डट कम,प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च सात वटै प्रदेशको परिक्रमा गराईने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मगलवार पत्रकार सम्मेलन गर्दै आठौंको ओलम्पिक टर्च सात वटै प्रदेश लगिने जनाएको छ । 

संघले आठौंको ओलम्पिक टर्चको परिक्रमा बिहिबारबाट सुरु हुने जनाएको छ । ओलम्पिक टर्चको सुरुवात पुर्व एथलेटिक्स खेलाडी तथा ओलम्पियन जित बहादुर केसीले गर्नुहुनेछ । सातै प्रदेशको परिक्रमापछि ओलम्पिक टर्च वैशाख ४ गते नेपालगञ्ज ल्याइने छ । संघले सार्वजनिक गरेको टर्च परिक्रमा तालिका अनुसार चैत २८ गते काठमाडौंबाट ओलम्पिक टर्च प्रदेश १ को विराटनगर लगिने छ । 

काठमाडौंबाट सुरु हुने ओलम्पिक टर्च चैत २९ गते प्रदेश २ को धनुषा, चैत ३० गते प्रदेश ३ हेटौडा र चितवन पुग्नेछ । वैशाख १ गते प्रदेश ४ को पोखरा, २ गते प्रदेश ५ बुटवल र लुम्बिनी, ३ गते प्रदेश ७ धनगढी पुग्ने छ । प्रतियोगिताको उद्घाटन वैशाख ५ गते नेपालगञ्ज रंगशालामा हुनेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.