Websoft University

फुट फेस्टामा थप मनोरञ्जन प्रदान गर्न स्थानिय कलाकारहरूको पनि सहभागिता रहने


विराटनगर,माघ २९ गते । रसतो तारा डट कम,विराटनगरस्थित नमस्कार होटलमा दोस्रो विराट फुट फेस्टा आउँदो फागुन २ गतेदेखि सुरु हुने भएको छ ।

विराटनगरमा चार वर्षपछि यो फुट फेस्टा हुन लागेको हो । फुट फेस्टाको तयारी समेत पुरा भएको आयोजकले जनाएको छ ।
भाजु युवराज फाउन्डेसन र मञ्जिना मुभिज क्रिएसनको संयुक्त रुपमा हुन लागेको विराटनगरमा फुट फेस्टामा विभिन्न जातिय सामुदायका परिकारहरू रहनेछ । 

फेस्टामा नेवारी, मारवाडी, मगर, राई, धिमाल, लिम्बु, थारु, राजवंशीलगायतको विभिन्न जातजातिको गरि ८० वटा स्टल रहने मञ्जिन मुभिज क्रिएसनका निर्देशक जतिन ताम्राकारले जानकारी 
दिए । ‘एकै ठाउँका विभिन्न सामुदायको मिठो परिकारको स्टलहरू रहनेछ,’ जतिनले भने, ‘आ–आफ्नो जातिय सामुदायको परिवारको स्वाद चखाउन र संरक्षण गर्न फुट फेस्ट गरेका हौं । 

यसको तयारी पनि पुरा भयो ।’ लामो समयपछि हुन लागेको फुट फेस्टा भव्य र सभ्य हुने आयोजको भनाई छ ।
फागुन २ देखि ४ गेतसम्म संचालन हुने फुट फेस्टमा परिकारको साथै बालवालिकालाई मनोरञ्जन प्रदान गर्न किड्स जोन समेत संचालन गर्ने तयारी गरिएको छ ।

फुट फेस्टामा थप मनोरञ्जन प्रदान गर्न नेपालको चिर्चित सांगीतिक ब्याड ‘कटुम्ब’को साथै स्थानिय कलाकारहरूको प्रस्तुती रहनेछ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.