काठमाण्डौ,फागुन १ गते । रातो तारा डट कम, गृहमन्त्री रामबहादुर थापाले कमजोर कार्यसम्पादनबाट जोगिन प्रहरीले राजनीतिक दबावको बहाना बनाउन नहुने बताउनुभएको छ ।
राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरिएको भन्दै त्यसो नगर्न पनि प्रहरीलाइ गृहमन्त्री थापाले आग्रह गर्नुभयो । नेपाल प्रहरीको तालिम केन्द्रमा आयोजित प्रहरी इन्स्पेक्टरहरुको दीक्षान्त समारोहमा बोल्दै उहाँले नीतिगत तहमा राजनीतिक प्रभाव भए पनि अन्यमा नरहेको दाबी पनि गर्नुभयो ।
प्रहरीले काम गर्न नसक्दा राजनीतिक दबाव र प्रभावलाई बहाना बनाउनु नहुने गृहमन्त्री थापाको भनाइ थियो । अपराधलाई अतिरञ्जित गरिए पनि त्यसमा प्रहरी सचेत हुनुपर्ने गृहमन्त्री थापाले बताउनुभयो ।
Post a Comment