काठमाण्डौ,फागुन १ गते । रातो तारा डट कम,नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । विशेष अदालतमा हाजिर भएका खड्काले धरौटी बराबरको ग्यारेन्टी बसेर रिहा भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७५ मा उनी बिरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दा दर्ता गरेको थियो । अख्तियारले खडकाको अवैध सम्पत्ति लुकाउन सहयोगी भुमिका खेलेको भन्दै अमिता लामा र श्रीमती शर्मिला खडकालाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।
आयोगले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ खड्काले गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो । अख्तियारको अनुसन्धानमा खडकाको कूल सम्पत्तिको ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ मात्रै वैध रहेको खुलेकोथियो । आयोगले खड्काले पदमा बसेर २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ जोडेको भेटिएको जनाएको छ ।
Post a Comment