काठमाण्डौ,फागुन १ गते । रातो तारा डट कम,रामेछापको रामेछाप नगरपालिका वडा नम्बर चार मा रहेका महारुद्र माध्यमिक विद्यालयमा विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ ।
कक्षा १ देखि १० सम्म पढाई हुने विद्यालयको एक,चार र पाँच कक्षाको भवन हावाले उडाएको हो । गत शुक्रबार साँझपख परेको असिना पानी सहितको हावाहुरीले डाँडाभाटा सहित विद्यालयको छाना उडाएको विद्यालयका प्रधानाध्यापक पदम बहादुर मगरले जानकारी दिनुभयो ।
विद्यालयको अन्य भवन पनी पुराना र जिर्ण अवस्थामा रहेको प्रध्यानाध्यापक मगरको भनाई छ ।
Post a Comment