काठमाण्डौं,माघ २९ गते । रातो तारा डट कम,बिराटनगरमा माघ ९ गते देखि आयोजना भईरहेको बिराट जुता चप्पल मेला २०७५माघ २९ गते सम्म लाग्ने भनिए पनि मेलाको म्याद थप गरेर फागुन ११ गते सम्म मेला लाग्ने आयोजकहरुले आज यहाँ पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।
स्वदेशी बस्तुको प्रवद्र्घन हाम्रो अभियान भन्ने नाराका साथ मेला बिराटनगरमा आयोजना भएको कुराको जानकारी गराउदै, आयोजक कातर्फबाट होम नाथ उपाध्यायले पत्रकार सम्मेलनमा आज सम्म मेला करिव ८५ हजार मानिसहरुले अवलोकन गरेको जानकारी गराउनु भयो ।
होम नाथ उपाध्यायले दिएको जानकारी अनुसार अनुगमनमा आउने मध्ये ४० प्रतिशतले जुता चप्पल खरिद गरेकाले आज सम्म करिव १ करोड १० लाख बराबरको आर्थिक कारोवार भएको जानकारी गराउनु भएकोछ ।
कार्यक्रममा पहिला प्रत्येक दिन ५ थान जुता चप्पल खरिद कर्ताहरुलाई मोवाइल खरिद बिलका आधारबाट मोवाइल दिने गरिएको भन्दै पछि यसैलाई पुन रकम थप गरि मोवाइल बन्द गरि मिक्चर माइक्रो ओवन २४ इ को एलिडि टिभी, पुरस्कार राखेको जानकारी गराइएको थियो ।
आयोजक मध्येका भीम लाल पौडेलले पुरस्कार घोषणा गरेपछि आजै कार्यक्रममा पहिलो मायाँ एलिडि टिभी, दोस्रो सुमित यादव,माइको ओवन, तेस्रो सोभा गुप्ता मिक्चर मिसिन, परेकाहरुलाई, नेपाल पत्रकार महासंघ मोरगका अध्यक्ष बन्धु पोखरेलबाट पुरस्कार बितरण गरिएको थियो ।
Post a Comment