श्याम राई-उदयपुर-गाईघाट,माघ २७ गते । रातो तारा डट कम,
प्रहरीको हस्तक्षेपपछि त्रियुगा नगरपालिका वडा न. १२ मा आईतबार एक जोडिको विवाह रोकिएको छ ।
बाल विवाहको आशंकामा गाउँलेको उजुरी पश्चात प्रहरीले विवाह रोकेको हो ।
स्थानीय त्रियुगा माध्यामिक विद्यालयमा कक्षा ६ मा पढ्ने पूजा साह सोनार र सिराहा लहान भडैयाका रामचन्द्र साह सोनारबीच माघ २८ गते विवाह हुने तय भएको थियो । विवाहका सबै कार्यक्रम तय भैसकेपछि जन्ति आउने अघिल्लो दिन शनीबार साँझ प्रहरीले केटीको घरमै पुगेर विवाह रोकेको हो ।
सबै तयारी भैसकेको थियो । केटा र केटी सबैको लागि लत्ता कपडा किनीसकेको मात्र होईन विवाह भोजको निम्ती सबै सामाग्री तयारी भैसकेको थियो । तर प्रहरीले बालविवाह गरेको भन्दै आफूहरुलाई धम्काएपछि विवाह नै रोक्नु परेको केटीका बाबु अशोक साहले भने ।
उनले छोरीको उमेर पुगेकोले गर्दा विवाह गर्न लागेको बताए ।‘ मेरो छोरी २० वर्षमा हिडिरहेकी छिन् । मैले उनकै सहमतीमा विवाह गर्न लागेको हु ।’ उनले भने । विद्यालय पढिरहेकी छोरीको विवाह पश्चात पनि ज्वाईले पढाईलाई निरन्तरता दिने भनेपछि दुबै पक्षको सहमतीमा विवाह गर्न लागेको उनले बताए ।
मजदुरी गरेर परिवारको पालन पोषण गर्दै आएको साहले छोरीको विवाह साथी भाई छर छिमेकको आर्थिक सहयोगबाट गर्न लागेको बताए ।‘ विवाहको सबै खर्च साथी भाईले जुटाई दिएको हो । केटा पक्षबाट दहेजमा एक पैसा पनि मागिएको छैन ।’ उनले भने ।
दहेजमा केही पनि दिनु नपर्ने भएपछि र छोरीले सहमती जनाएकोले पारीवारीक छलफलबाट विवाहको टुङ्गो लागेको उनले बताए ।
विवाहको सबै तयारी भैसकेर अन्तमा विवाह रोक्नु पर्दा आफू ज्यादै दुःखी भएको उनले बताए ।‘ मैले जेठी छोरीको विवाह १४ वर्षको उमेरमा गरिदिए । अहिले माईली छोरीको २० वर्षको उमेरम ागर्न खोज्दा मलाई बालविवाह गराएको आरोप आईलाग्यो ।’ उनले भने ।
‘ मेरो छोरीको नागरीकता नबनाएको कारण मैले कुनै प्रतिवाद गर्न सकिन उनले भने । तर मेरो छोरी २० वर्ष पुगिसकी । बैदेसिक रोजगारीमा रहेका केटा पक्षका आफन्तले केदी पक्षको आर्थिक अवस्था कमजोर देखेर दहेज विना नै विवाह गर्न सहमती गरेका थिए ।‘ मैले यस्तो केटा पाउन अब कठिन छ ।’ उनले भने ।
विवाह रद्ध भएको जानकारी केटा पक्षले शनीबार साँझ नै पाएपछि केटाका भाई केही आफन्त सहित आईतबार विहान केटीको घरमा आईपुगेकाछन् । उनीहरुले तय भैसकेको विवाह जसरी भएपनि गराउनु पर्ने आग्रह केटी पक्षसँग गरेकाछन् ।
‘ दुबै पक्षबीच निकै छलफल भयो । ’ त्रियुगा नगरपालिका वडा न. १२ का स्थानीय बासिन्दा एंवम पूर्व वडा अध्यक्ष जगदिस साहले भने । तर कुनै निश्कर्ष निस्कीएको छैन । प्रहरीमा बाल विवाह हुन लागेको उजुरी परेकोले विवाह रोकिएको उनले बताए ।‘ केटी बालिग रहेकोले मंदिरबाट विवाह गर्ने की भन्ने बारे सोनार समाजमा छलफल भैरहेको
छ ।’ उनले भने ।
विवाह रोकिएको घटनाले पूरै सोनार समाज, टोल गाउले सबै दुखित बनेकाछन् ।‘ यो घटनाले पूरै लज्जित बनायो ।’ नेपाल सोनार समाज उदयपुरका अध्यक्ष धु्रब साह सोनारले बताए । कहि कतै नभएको यो घटना पहिलो पटक भएकोले पूरै सोनार समुदायलाई दुखित तुल्यायो ।’ उनले केटीको उमेर पुगेकोले प्रहरीले जवरजस्ती बालविवाह भन्दै रोक्नु गलत रहेको
बताए । केटी २० वर्षमा हिडिरहेकोले विवाह गर्न कानूनले निषेध नगरेको उनको भनाई छ ।‘ उमेर नै नपुगेको भए ठिकै हो । तर उमेर पुगिसकेपछि भने जबरजस्ती विवाह रोक्नु हुदैनथ्यो ।’ उनले भने ।
विवाह रोकिएमा पूजा भने झनै निराश बनेकी छिन् । उनले यो घटनाले आफनो बुबा आमाको ईज्जत गएको बताईन् ।‘ म बालिग भैसके । मैले विवाहको निर्णय आफैले गरेको हु ।’ उनले भनिन् । कसैको उक्साहटमा आज मेरो विवाह रोकिदा मलाई ठूलो चिन्ता लागेको छ ।’ मेरो बाबु, आमाको गुमेको ईज्जत फर्काउन मैले फेरी उनैसँग विवाह गर्न पाउनु पर्छ ।’ उनले भनिन् ।
आफू गरिब परिवारको सबै कुरा सहमतीमा भएको थिया । उनले भनिन् । विवाहमा आफूले दहेज दिन नसक्ने केटाले पनि दहेज विनै विवाह गर्ने सहमतीले आफूहरु विवाह हुन लागेको उनले बताईन् ।
‘ मेरो नागरीकता भएको भए देखाई दिन्थे तर नागरीकता नभएकोले गर्दा चुप लागेर बस्नु बाध्य भए । ’ उनले भनीन् ।
सोनार समाज उदयपुरका अध्यक्ष साहले पूजाको विवाह समाजले चंदा उठाएर गर्न लागेको बताए ।‘ हाम्रो समुदायबाट पैसा उठाएर उनीहरुको विवाह गर्न लागेका थियौ ।
समुदायको घरै पच्छिे २ हजारदेखि १० हजारसम्म चंदा उठाएका थियौ । उनले भने । विवाहमा हामीले सहयोग गर्ने तर केटीको घरमा विवाहमा केही नखाई फर्कने निर्णय समेत भएको थियो ।’ उनले भने । तर बालविवाहको आशंकामा विवाहनै भाडि दिने काम भएको छ । यस्तो कार्य गर्नेको भलो भने कदापी हुने छैन ।’ उनले भने ।
Post a Comment