Websoft University

उदयपुरको उतरिक्षेत्रको चित्रे, माझखर्क, भालेबास आसपासको क्षेत्रमा भारी हिमपात भयो


श्याम राई-गाईघाट, माघ २७ गते । रातो तारा डट कम,दशक यता उदयपुरको उत्तरी पहाडी भेगमा हिउँ परेको छ ।
चित्रे, माझखर्क, भालेबास आसपासको क्षेत्रमा वर्षासँगै शनीबार हिउँ परेको हो ।‘

एक दशकपछि आज फेरी हिउँ परेको छ ।’ चित्रेथानका स्थानीय बासिन्दा जितविर तामाङ्गले टेलिफोनबाट भने । गाउँ बस्ति आसपासका डाँडाकाडा हिउँले पूरै सेताम्य भएको छ । हिउँ परेसँगै फेरी जाडो बढेको उनले भने ।

यो वर्ष अघिल्लो भन्दा बढी नै हिउँ परेको स्थानीयको भनाई छ । हिउँ परेपछि पहाडी भेगको जनजिवन प्रभावित बन्न पुगेको छ । त्यसैगरि लिमचुङ्गबुङ्ग गाउँपालिकाको दोवाटे, नागी, प्रिपे, सिरवानी लगायतका ठाउँमा बाक्लो हिमपात परेको छ ।

शुक्रबार देखि पानी परेसँगै उक्त स्थानमा बाक्लो हिउँ परेको बराहाका अशोक कार्कीले बताए । जिल्लाको उच्च भेगमा हिउँ परेसँगै अहिले जिल्लाको तल्लो क्षेत्रमा जाडो बढेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.