शिव भट्टराई सुनसरी फागुन २ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिका-११ मा ३ महिने सीलाई कटाई तालिमको आज उद्गाटन भएकोछ । सुन्दरहरैचा नगरपालिका-११ को बजेटबाट, महिला सिप विकास उपभोक्ता समिति सु.ह.११ साथै महिला संजालको सक्रियतामा हुन गईरहेको तालीमको समुद्घाटन प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धनमाया तामांगद्वारा गरिएको थियो।
उक्त तालिमको उद्घाटन सुन्दरहरैचा नगरपालिका स्थित वेलेपुर राधाकृष्ण शिव मन्दिरमा भएको थियो।कार्यक्रममा सभाध्यक्ष महिला सीप विकास तालिम उपभोक्ता समिति सुन्दरहरैचा.११ की अध्यक्ष सुशीला आचार्य को रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि उममेयर तामाङले उद्घाटन गर्ने क्रममा महिलाको क्षमता बिकास अभिव्रिदी गर्ने उद्देश्यले गरिएको यस तालिमले महिलालाई आत्मा निर्भर बनाउन सहयोग पुग्ने साथै तालिम लिएर प्रमाण पत्रको सही सदुपयोग नगरी त्यसलाई सिरानीमा राखेर देशमा समृद्ध नआउने कुरा बताउनु भएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष शुशीला आचार्य त्यसैगरी बिषेश अतिथि सुन्दरहरैचा नगरपालिका वार्ड नं ११ का वार्ड अध्यक्ष बिशनलाल चौधरीले बढ्दो बेरोजगार जस्तो समस्यालाई मध्यनजर गर्दै महिलाको लागि रोजगारी मुलक कार्यक्रम ल्याइएको बताउदै महिलालाई रोजगारी प्रधान गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो।
उक्त तालिममा जम्मा ६० जनाको सहभागिता रहने छ भने कार्यक्रम महिला सीप विकास उपभोक्ता समिति की सचिव नीरू बजगाँईले संचालन गर्नु भएको थियो।
Post a Comment