मोरङ, फाल्गुन २ गते । रातो तारा डट कम,मोरङको उर्लावारी नगरपालिका-८ मेरी टोल भन्ने स्थानमा बुधवार ट्याक्टरअनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएकाछन् । दिउँसो करिब ३ बजे भित्री सडक खण्डमा आमबारीबाट दुर्गापुरी तर्फ आउँदैगरेको मे १ त ३८३१ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएकोथियो । दुर्घटनामा सोही ट्याक्टरका सह-चालक झापा शिवसताक्षी नगरपालिका बस्ने वर्ष १४ को रसिकलाल हस्ताको घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का सह-चालक उर्लाबारी नगरपालिका-८ बस्ने बर्ष १७ को मोहन मुर्मु घाईते भएकाहुन् । मृतकको शव पोष्टमार्टम पश्वात आफन्तको जिम्मा लगाईएको छ भने घाइते मुर्मुको उर्लावारी स्थित मंगलवारे अस्पतालमा उपचारको भईरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । ट्याक्टका चालकलाई प्रहरीको नियन्त्रणमाराखिएको उक्त कार्यलयले जनाएको छ ।
Post a Comment