Websoft University

ठूलो परिमाणको लागूऔषध सहित २ पक्राउ


उदयपुर, फाल्गुन २ गते । रातो तारा डट कम, उदयपुरको त्रियुगा नगरपालिका-६ देउरी स्कुल नजिकबाट प्रहरीले बुधवार ठुलो परिमाणको लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही स्थान बस्ने बर्ष ३६ को गणेश गुप्ता र बर्ष २६ को ओम प्रकास राईलाई दिउँसो साढे ३ बजे पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा तत्काल खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई खानतलासी गर्ने क्रममा निज गुप्ताले बोकेको झोला र शरिरको विभिन्न भागमा लुकाई राखेको लागूऔषध फेनारगन -२६० एम्पुल , लुपिजेसिक -१२० एम्पुल, डाईजेल्याब-२७२ एम्पुल, नुफिन-१६५ एम्पुल र नाईटोसन ट्याव्लेट-१०० चक्की बरामद गरेको हो । लागूऔषध सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.