बिराटनगर,फागुन २ गते । रातो तारा डट कम,तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) मा आज दुई खेल हुँदैछन् । आज रुपन्देही च्यालेन्जर्स र सिवाईसी अत्तरिया तथा विराटनगर किङ्ग्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा शीर्ष स्थानको रुपन्देहीलाई अत्तरियाले चुनौती दिनेछ । रुपन्देही र अत्तरियाबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । विराटनगरले महेन्द्रनगरसँग खेल्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
Post a Comment