बिराटनगर,फागुन २ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम आज सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहमा हुने एक औपचारिक समारोहमार्फत ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारासहिको कार्यक्रम घोषणा गर्न लाग्नु भएको हो । जलविद्युत् लगानी तथा विकास कम्पनीमार्फत तयार पारेको तीन हजार चार सय ७९ मेगावाटका १९ आकर्षक आयोजना सार्वजनिक गरिने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । आयोजनामा नेपाली नागरिकलाई मात्रै एक खर्ब रुपैयाँको सेयर जारी गर्ने योजना रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताउनुभयो ।
‘नेपालको पानी जनताको लगानी, ‘जलविद्युतको जन्तै सेयरधनी’ आज सार्वजानिक हुने

Post a Comment