Websoft University

एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना

काठमाण्डौं,फागुन ३ गते । रातो तारा डट कम, सरकारले ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय हिजो स्थापना गरेकोछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

एकान्तकुनास्थित चक्रपथ सुधा आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नुहुनेछ ।

कार्यालयमा १६ जना प्राविधिक कर्मचारीको दरबन्दी रहेको छ । कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । हालै मन्त्रिपरिषद् बैठकले पानीजहाज कार्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । पानी जहाज सञ्चालनका लागि सरकारले २०७७ सालको चैत मसान्तसम्मका लागि कार्ययोजना बनाएकोछ ।

पानीजहाज कार्यालय स्थापना गरे पनि २०७७ चैत मसान्तसम्म कार्यदल बनाएर नेपाल जलयातायात प्राधिकरण स्थापना गर्ने, जलयातायात प्राधिकरण ऐन र नियमावली तर्जुमा गर्ने कार्ययोजनाछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.