काठमाण्डौं,माघ २८ गते । रातो तारा डट कम, अर्थ समितिले दूरसञ्चार कम्पनी एनसेलसँगको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएकोछ । अर्थ समितिको बैठकले एनसेलसँगको बक्यौता तत्काल उठाउन हिजो निर्देशन दिएकोहो ।
अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आवद्ध कम्पनीको बक्यौता ७२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो ।
त्यस्तै अन्य दूरसञ्चार कम्पनीहरुको बक्यौता रकम भने जम्मा ४ करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ । बैठकले एनसेलको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालय लगायतका सम्बन्धित निकायलाई एक महिनाभित्र रकम उठान गरिसक्न निर्देशन दिएको हो ।
बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ हेर्न पर्ने जानकारी गराउनुभएको थियो । दायित्व कसलाई तोकेको हो त्यसलाई आधार मानेर अघि बढ्नु पर्ने मन्त्री खतिवडाले समितिमा बताउनुभयो ।
Post a Comment