Websoft University

नेपाली राष्ट्रिय क्रिकेट खेलमा सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन


काठमाण्डौं,माघ २८ गते । रातो तारा डट कम,नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । सन्दिपले खेलमा तीन विकेट लिएपछि बिग बास लिगमा मेलबर्न स्टार्स प्लेअफमा हिजो छनोट भएको थियो ।

लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई पराजित गर्दै मेलबर्नले प्लेअफमा स्थान बनाएको हो । १ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी १४ ओभरमा अलआउट हुनपुग्यो । यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको मेलबर्नले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

मेलवर्न १४ अङ्क सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । सिड्नी १३ खेलमा खेल जित्दै १६ अङ्क सहित प्लेअफमा पुगिसकेको छ । यस्तै होबेर्ट हुरिकेन्स २० अङ्क र मेलबर्न रेनिगेड्स १६ अङ्क सहित प्लेअफमा पुगिसकेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.