श्याम राई-गाईघाट,माघ २८ गते । रातो तारा डट कम,
सगरमाथा मोडेल स्कूलका विद्यार्थीहरुले विज्ञान तथा हस्तकला प्रदर्शन गरेका छन् ।
कक्षा ५ देखि ९ कक्षा सम्मका विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरु प्रदर्शनमा राखिएकोछ । विद्यार्थीहरुले भ्याकुम क्लिनर, रोटे पिङ्ग, डोजर ,घर, पानी जाहाज, गाडी, तोप, क्रेन, मोटरवाईक, रोवट र हेलिकप्टर बनाई प्रदर्शन गरेका
छन् ।
त्यसैगरि माटोबाट चरा, जातो, बनाई परम्परागत हस्तकला समेत प्रदर्शन गरिएको विद्यालयका प्रिन्सीपल पुरशोत्तम सापकोटाले बताए ।
दुई दिनसम्म चलेको उक्त प्रदर्शनीमा अवलोकनकर्ताको छनौटबाट प्रथम, द्धितिय र तृतिय स्थानको घोषणा गरिएको थियो । सबै भन्दा धेरै मत प्राप्तगरि रोटेपीङ्ग निर्माण गर्ने छात्र प्रशान्त पण्डित प्रथम भएका छन् भने तोप बनाउने समिसेन राई द्धितिय र जितेन्द्र राई तृतिय भएकाछन् ।
विजेयता तिनै जना विद्यार्थीहरुलाई सरस्वती पूजाको दिन पुरस्कृत गरिने प्रिन्सिपल सापकोटाले बताए ।

Post a Comment