Websoft University

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु


काठमाण्डौ,फागुन २ गते । रातो तारा डट कम,सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम हिजोबाट सुरु गरेको
छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौको राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल बनाउने यो नयाँ अभियान भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक समस्या टुंग्याएर सुशासनको बाटोमा गएकाले सरकारसंग नीति, उदेश्य र गन्तव्य स्पष्ट भएको भन्दै स्थिर नीतिका साथ सरकार अघि बढेको बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सबैका लागि रोजगार संवैधानिक अधिकार भन्ने नाराका साथ यो अभियान सुरू भएको बताउनुभयो । श्रम शक्तिको अभावमा बाँझो खेत,आयोजना अलपत्र परेको अर्थतन्त्र आयातमुखी बन्दै गएको उहाँको भनाईथियो  । प्रदेश का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार यो अभियानलाई सार्थक बनाउन प्रतिवद्ध रहेको बताउनुभयो ।

यस कार्यक्रमले समृद्ध नेपाल बनाउने बलियो आधार तयार भएको मुख्यमन्त्री पौडेलको भनाई थियो । अर्थमन्त्री युवराज खतिवडाले कार्यक्रमले उत्पादन र उत्पादकत्व बढाउने बताउनुभयो । उहाँले अबको श्रम औपचारिक हुनु पर्नेमा जोड दिदैं प्रधानमनत्री रोजगार कार्यक्रमले रोजगारी प्रत्याभूति गर्ने दाबी गनुभयो । आन्तरिक रोजगारीका अवसरमा वृद्धि र सामाजिक सुरक्षाको प्रवद्र्वन गर्ने कार्यक्रमको लक्ष्य रहेको
छ ।

आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले कार्यक्रम घोषणा गरेको जनाएको छ । रोजगार कार्यक्रम अन्तर्गत एक आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारी सरकारले दिन नसके १ सय दिनकै निर्वाह भत्ता दिने जनाइएकोछ ।

परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाए, सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवार भएमा, परिवारको कुनै सदस्य स्वरोजगार नभएमा वा परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नभएमा मात्रै निर्वाह भत्ता दिइने प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिकामा उल्लेख गरिएको छ । सरकारले चैत मसान्तभित्र बेरोजगार व्यक्तिको सूची तयार गर्ने गरी काम अघि बढाइसकेको जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.