सुनसरी, फागुन २ गते । रातो तारा डट कम,सुनसरीको ईटहरी नगरपालिका-१२ खनार चौकबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले खनार चौकमा शंकास्पद तरिकाले हिडिरहेका ईटहरी-१० का १८ बर्षीय सागर चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध नाईट्रोजन १० ट्याब्लेट बरामद गरेको थियो ।
यसैगरी राती साँढे ९ बजे सोही स्थानबाट काठमाण्डौ कोटेश्वर घर बताउने २५ बर्षीय फुर्साङ तामाङ पनी लागूऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले १४ ट्याब्लेट फेनारागन, १७ ट्याब्लेट लुपीजेसीक र १६ ट्याब्लेट डाईजेपाम बरामद गरेको थियो ।
लागूऔषध सहित पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment