बिराटनगर, फागुन २ गते । रातो तारा डट कम,
सुनसरीको बराहक्षेत्र नगरपालिका-३ बिचपानीमा भएको आगलागीमा ११ लाख भन्दा बढीको क्षति भएको छ ।
मंगलवार दिउसो १६:२० बजेको समयमा स्थानीय शिवनारायण श्रेष्ठको गाईगोठबाट अचानक आगलागी हुँदा छिमेकी गणेश कार्कीको टिनको छाना भएको १ तले कच्ची घर र घर भित्र रहेको सम्पुर्ण समान जलेर नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको छ भने शिवनारायण श्रेष्ठको गाईगोठ जलेर नष्ट हुँदा ६ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उक्त आगलागी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा बेलुका १७:५५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको तथा कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment