Websoft University

होराइजन क्रिकेट क्लव सेमीफाइनलमा प्रवेश


विराटनगर । लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको बुधबार भएको खेलमा होराइजन क्रिकेट क्लवले गुराँस पुस्तकालयलाई ८ विकेटले पराजित सेमीफाइनलमा प्रवेश गरेको छ ।

विराटनर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुराँसले निर्धारित ५० ओभरको खेलमा ३१ द्यशमलव ४ बलमा सवै विकेट गुमाई ६० रनको झिनो  योगफल तयार पारेको छ । जस्मा सकिव हकले सर्वाधिक १७ रन बाहेक अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन् । होराइजनका फिरदोस अन्सारीले ३ विकेट तथा अमूत सिंह, दिपेश कडेल र आयु ओडारीले २–२ विकेट लिए ।।

जवाफमा ६१ रनको झिनो लक्ष्य पछ्याएको होराइजनले १६ दशमलव २ वलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको छ । जस्मा म्यान अफ दी म्याच दिपेश कडेलले नटआउट ३२ रन, लव कामतले २२ रनको योगदान दिए  । गुराँसका अविज्ञान यादव र साइरस रोयले १–१ विकेट लिए । विहिबारको खेल विराट क्रिकेट क्लव र होराइजन क्रिकेट क्लव विच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.