शिव भट्टराई सुनसरी फागुन ४ गते । रातो तारा डट कम,
तेस्रो सुन्दरहरैँचा एक्स्पोको उद्घाटन गर्दै सभामुख महराले हाम्रो देशको मौलीक कल्चर लाईनै प्रचार प्रसार गर्न सके हाम्रो देशमा लाखै पर्यटक भित्रीने र ठुलो धनरासी आयात गर्न सकिने वताएका छन् । उनले देशको विकास पर्यटनबाट सम्भब भएको भन्दै पर्यटन क्षेत्रलाई थप ब्यवस्थित गर्नु पर्ने जोड दिएका थिए ।
कृषि,पर्यटन,उद्योग र व्यापारलाई केन्द्रमा सुन्दरदुलारी उद्योग वाणिज्य संघले गरेको एक्स्पोले ब्यापार प्रर्बद्धन हुने बताएका हुन । सभामुख महराले भने देश विकास गर्ने पर्यटन क्षेत्रलाई आम्दानीको स्रोत्र बनाउँन सकिन्छ । औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायीक उत्पादन, पर्यटन क्षेत्रको विकास गर्दै, सम्भावित बजारको पहिचान गर्नु पर्ने उनको भनाई थियो ।
कानुनमन्त्री भानुभत्त ढकालले विकास पर्यटन र कृषि क्षेत्रबाट सम्भब रहेको बताएका थिए । देशको विकास गर्ने निजि तथा अन्य ब्यापारीक क्षेत्र सँग सहकार्य गर्नुको विकल्प छैन उनले भने । एक्स्पोमा औद्योगिक उत्पादन, कृषि उत्पादन, सुचना प्रविधि बैकल्पिक उर्जा,अटोमोबाईल्स, बैंक तथा वित्तिय संस्थाका स्टलहरु रहेनछन् । एक्स्पोमा कुल ७५ लाख लागत लाग्ने आयोजकले जनाएको छ । एक्स्पोमा १० देखी १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।
एक्स्पोमा रहेका १ सय ८५ वटा स्टल, त्यस स्टलमा राखिने सामाग्रीहरु सबैको सुरक्षाका लागि १० करोड बराबरको विमा गरिएको हो । आगलागि, हावाहुरीबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै विमा गरिएको उनले जानकारी दिए । मेलामा राखिएका रोटेपिग लगायतका अन्य खेल, तमासा,मा कुनै दुर्घटना भए, मानिसको ज्यान गए ,साँस्कृतिक कार्यक्रममा कुनै झगडा,भिडभाडबाट मानविय क्षति भए त्यस वापत १० लाख रुपैँया दिने सल्लाहाकार भोलेश्वर दुलालले जानकारी दिए ।
फागुन ४ गते देखी १२ गते सम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न एक सय ८५ वटा स्टलहरु रहेका छन् । एक्स्पोमा औद्योगिक उत्पादन, कृषि उत्पादन, सुचना प्रविधि बैकल्पिक उर्जा,अटोमोबाईल्स, बैंक तथा वित्तिय संस्थाका स्टलहरु रहेनछन् । एक्स्पोमा कुल ७५ लाख लागत लाग्ने आयोजकले जनाएको छ । एक्स्पोमा १० देखी १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । उद्धघाटनमा हेलिकप्टर बाट पुस्पबृस्टी गराईएको थियो ।।
Post a Comment