रबिन्द्र बराल-बिराटनगर, फाल्गुन ४ गते । रातो तारा डट कम, माेरङकाे रंगेली नगरपालिका ७ मा नव निर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडौंकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बनेको भएता पनि सरसफाइमा ध्यान नदिदा बिगत ३ महिना देखि शाैचालय काे सेप्टि ट्याङ्कि समयमै सर सफाइ नहुदाँ डाक्टर तथा बिरामी हरुले दुर्घन्धमै वसेर उपचार गराउन बाध्य भएका छन ।
दैनिकी दर्जनाै बिमारीले प्रयोग गर्ने शाैचालय काे सेप्टि ट्याङ्की भरिएको कारण बाहिरकाे बाताबरण दुर्घन्ध फैलिएको छ । नेपाल सरकारले साउन महिना देखि अस्पताल ब्यवस्थापन समिति खारेज गरेपछि हालसम्म अस्पताल व्यवस्थापन समिति निर्माण नहुदाँ अस्पतालमा हुने बिकास निर्माण देखि करारमा रहेका कर्मचारीहरुकाे तलव समेत उपलब्ध हुन सकेको छैन ।
भने हाल आर्थिक काम सबै ठप्प भएको छ । अहिले रंगेली अस्पतालमा व्यवस्था समिति नभएकै कारण सामान्य शाैचालयकाे सेप्टि ट्याङ्की काे सरसफाइ नहुदाँ दैनिकी उपचार गराउन अाउने बिरामी हरु दुर्घन्ध मै उपचार गराउन बाध्य रहेका छन ।
अस्पताल का सुचना अधिकृत गाेविन्द कटुवाल का अनुसार ९ महिना देखि अस्पतालमा बिकास समिति नहुनु र नेपाल सरकारले समयमै समिति गठन नगरे का कारण अहिले यस्तो समस्य देखा परेको र जब सम्म बिकास समिति हुदैनन् त्याे समय सम्म यस्तै समस्या रहने समेत बताए ।
सरकारी अस्पताल भन्ने बितिकै सम्पन्न घरपरिवार हरु उपचार मा अाउदैन्न सरकारी अस्पतालमा अधिकान्स विपन्न तथा गरिव घर परिवारका सर्वसाधारण उपचार गराउन अाउने स्थान हाे । तर उनिहरु पनि सेवा र सुविधा र सरसफाइ नहुदा समेत निजी अस्पतालमा उपचार गराउनका लागि जान बिवस छन ।
उक्त अस्पतालमा दैनिकी सयौं जना गरिव परिवार तथा अति विपन्न घर परिवारका सर्वसाधारणहरुले उपचार गराउदै आईरहेका छन । रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका , धनपालथान गाउँ पालिका,सुनवर्सि नगरपालिका, कानेपाेखरी नगरपालिकाका केही सर्वसाधारण तथा भारत काेे कुर्साकट्टा,कुवाडि, तथा सिमावर्ति क्षेत्रमा बसाेवास गर्ने सर्वसाधारण हरु ले उपचार सेवा लिदै आएका छन ।
Post a Comment