काठमाण्डौ,फागुन ४ गते । रातो तारा डट कम,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकार गठन भएको एक वर्षमा श्रम क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरेको छ । वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आफ्ना प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयले यस्तो दावी गरेकोहो ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना, न्यूनतम पारिश्रमिक निर्धारण र कार्यान्वयन, वैदेशिक रोजगार सूचना प्रणाली, प्रदेशस्तरबाट वैदेशिक रोजगार सेवा प्रवाह, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतलाई एक वर्षको मुख्य उपलब्धी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सीआइएनसँग बताउनुभयो । एकै वर्षमा नागरिकका सबै अपेक्षा पूरा गर्न नसके पनि सुरुवात सकारात्मक रूपमा गरिएको मन्त्री बिष्टको भनाइ छ ।
सरकारले सुरु गरेका योजना कार्यान्वयनमा असहयोग गर्ने जोकोही भए पनि कारबाही गरिने उहाँको भनाइ
छ ।यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय शिक्षा आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउनु र चिकित्सा शिक्षा विधेयक पारित गर्नुलाई एक वर्षको उपलब्धि भनेको हो । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेले यसवर्ष नीतिगत काममै समय गएकाले अर्को वर्ष साक्षर नेपाल घोषणा गर्ने योजना बनाइएको जानकारी दिनुभयो ।
Post a Comment