बिदेशका समचार,काठमाण्डौ,फागुन ४ गते । रातो तारा डट कम,अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुभएको छ । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले सङ्कटकाल घोषणा गर्नुभएको हो ।
सङ्कटकाल घोषणापत्र जारी गर्दै मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने ट्रम्पको अडान रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन झन्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने ट्रम्पको भनाइ छ ।
मेक्सिकोको सीमाबाट लागुऔषध कारोबारी र अवैध आप्रवासीहरुको आक्रमण भइरहेकाले पर्खाल लगाउन खोजेको बताउँदै अब त्यो समाधान हुने दाबी गर्नुभएको छ ।
Post a Comment