Websoft University

चिकित्सकहरु आइतबार देखि कडा आन्दोलमा जाने


काठमाण्डौं,फागुन ४ गते । रातो तारा डट कम, ६ गते आइतबारदेखि आन्दोलनको स्वरुप फेरिने सरकारी चिकित्सक संघले जानकारी गराएकोछ । कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै पटक—पटक शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले माग सम्बोधनकोमा बेवास्ता गरेपछि ६ गते आईतबारदेखि ओपिडी सेवा बहिस्कार गर्ने वा सामुहिक राजीनामा दिने दुईमा एक हुने संघका केन्द्रीय अध्यक्ष डा.दिपेन्द्र पाण्डेले जानकारी दिनुभएकोछ ।

कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै चिकित्सकले गएको आईतबार माघ २७ देखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेका थिए । दोस्रो पटकको शान्तिपूर्ण धर्ना सुरु गरेको आज ६ दिन बितिसक्दा पनि सरकारले चिकित्सकको मागलाई बेवास्ता गरेको कारण अब कडा आन्दोलनमा जाने सरकारी चिकित्सक संघको भनाई छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.