काठमाण्डौं,फागुन ४ गते । रातो तारा डट कम,रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएकोछ । आईसीसी वुमन्सको एसिया छनोट खेल्न नेपाली महिला टिमको घोषणा गरिएकोहो ।
प्रतियोगिता थाईल्याण्डमा फेब्रुअरी १६ बाट १७ गतेसम्म थाईल्याण्डमा आयोजना हुदैछ । टिममा कप्तान क्षेत्रीसंगै उप कप्तान सिता राना मगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, ईन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ रहेका छन् ।
त्यस्तै, रोमा थापा, कबिता कुवँर, अप्सरा बेगम, ममता चौधरी र बिन्दु रावल छन् । मुख्य प्रशिक्षकमा बिनोद दास,सहायक प्रशिक्षकमा निरा राजोपाध्याय रहेका छन् । नेपाली महिला टिम भोली दिउँसो १ बजेर ५० मा थाईल्याण्ड उड्नेछ ।
Post a Comment