काठमाण्डौं,फागुन ४ गते । रातो तारा डट कम,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुभएकोछ । उहाँले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको थियो । पाठकमाथि संसदले महाअधियोग दर्ता गर्ने तयारी गरिरहेका बेला उहाँले राजीनामा दिनुभएको कुरा खुलेकोछ ।
अख्तियारजस्तो संवैधानिक अंगमा रहेको व्यक्तिमाथि कारवाहीको पहिलो प्रक्रिया भनेको महाअभियोगनै भएकाले पाठकले महाअभियोगबाट जोगिनलाई अगाडि नै राजीनामा दिनुभएको बताइएकोछ । तर, राष्ट्रपतिले राजीनामा स्वीकृत नगरेको अवस्थामा पाठकमाथि महाअभियोगको कारवाही चल्न सक्ने जनाइएको कुरा जनाइएकोछ ।
राजीनामा स्वीकृत भएको अवस्था भने पाटकमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बाटो खुल्ने छ । संवैधानिक पदाधिकारीमाथि अख्तियारले कारवाही चलाउन नसकेपछि पूर्वपदाधिकारी माथि कारबाही गर्ने अधिकार अख्तियारसँग मौजुद छ ।
भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो सार्वजानिक भए पछि यो कदम चालिएको समचारमा उल्लेख गरिएकोछ ।
Post a Comment