काठमाण्डौ,फागुन ४ गते । रातो तारा डट कम, कर्मचारी समायोजन विधेयक २०७५ संसदबाट बहुमतले पारित भएको छ । हिजो बसेको प्रतिनिधिसभाको बैठकले विधेयक पारित गरेको हो ।
बैठकमा सांसदले विधेयकमाथि छलफलका लागि थप समय मागेका भए पनि जवाफमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समितिबाटै छलफल भएर आएकोले थप छलफल आवश्यक नभएको बताउनु भएको थियो ।
राज्य व्यवस्था समितिले विधेयकमा फेरिएका विषयवस्तुबारे सदस्यलाई जानकारी नै नदिई कर्मचारी समायोजन विधेयक पास गरेको आरोप सांसदहरूले लगाएका थिए ।
Post a Comment