Websoft University

किरात नाम सबैले स्वीकार गरेको बुझ्छुःमुख्यमन्त्री राई

अर्जुन जम्नेली राई-मोरङ माघ २९ गते  । रातो तारा डट कम,
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले किरात राई यायोक्खाले एक नम्बर प्रदेशको नाम किरात राख्न खेलिरहेको भूमिका बारे आफू जानकार रहेको बताए ।

किरात राई यायोक्खा मोरङको सोमबार पथरीमा भएको छैठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाले करिव एक दशक देखि पूर्वी नेपालको १७ वटा जिल्लालाई भूगो, इतिहास, सभ्यताको सम्मानको लागि प्रदेशको किरात राखिनु पर्ने माग गर्दै प्रचारात्मक अभियानहरु सञ्चालन गर्दै आएको छ ।

मुख्यमन्त्री राईले सो बिषय आफू जानकार रहेको उल्लेख गर्दै बलियो तर्क र तथ्यको आधारमा प्रदेशको नाम राखिने बताए । माघ २० गतेदेखि चलिरहेको हिउँदे अधिवेशनले फागुन अन्त्यसम्मा प्रदेशको नाम राखिसक्ने बताउदै मुख्यमन्त्रीको हैसियतले प्रदेश सभासदस्यहरुसँग आफूले समन्वयको भूमिका खेल्ने बताए ।

किरात शब्द, विचार वा नामको आधारमा सवैले सम्मान गरिरहेको आफूले बुझेको मुख्यमन्त्रीको भनाइ थियो । नेपाल भनेपछि हिमाल, पहाड र तराई सम्पूर्णक्षेत्रलाई समेटे जस्तै यो अखण्डतालाई अझ बलियो बनाएर लानुपर्ने मन्त्री राईको भनाई थियो ।

मोरङको पथरीशनिश्चरे—१० मा बन्न लागेको संग्राहलयको बारेमा भइरहेको बहस बारे आफू अपडेट नभएको बताए । प्रदेश सरकारले अन्तराष्ट्रबाट पनि पर्यटन तान्न सक्ने प्रकारको महासंग्राहलय बनाउन लागेको बताए । उक्त क्षेत्रमा स्थानीय आदिवासी जनजाति समुदायले आदिवासी संग्राहलय बन्नुपर्ने माग गर्दै आएको छ ।

संघीय कानून मन्त्री भानुभक्त ढकालले निर्वाचनको बेला सो क्षेत्रमा आदिवासी जनजाति संग्राहलय बनाउने प्रतिवद्धता गरे अनुसार नै संग्राहलयको नाम आदिवासी जनजाति हुनुपर्ने आदिवासी जनजाति समुदायको माग रहेकोा छ ।
अर्को प्रसंगमा संघीयता आएपछि शिक्षा, स्वास्थ्य, खानेपानि लगायतको बिषयलाई लिएर २—४ करोडको लागि सिंहदरबार जानु पर्दैन ।

कार्यक्रमको बिशिष्ट अतिथि रहनु भएको यायोक्खा केन्द्रीय अध्यक्ष तिलकप्रसाद राईले १ नम्बर प्रदेशको नाम किरात नभए कडा आन्दोलनहुन सक्ने बताए । किरात पहिचान कुनै एउटा जाती नभएर भूगोल, इतिहास, सभ्यता, कला, संस्कृति भएकोले प्रदेशबासीको चाहना किरात नाम रहेको अध्यक्ष राईले बताए ।

कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य सुयर्माराज राई, रतुवामाई नगरपालिकाका प्रमुख रविन राई, किरात याक्थुङ चुम्लुङ मोरङ जिल्ला अध्यक्ष विवेक लिम्बू लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

सम्मेलनको अवसरमा मुख्यमन्त्री शेरधन राई, पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, लेटङ नगरपालिकाका प्रमुख शंकर राई, रतुवामाई नगर प्रमुख रविन राई, उपप्रमुख मञ्जु राई, मिक्लाजुङ्ग गाउँपालिका उपप्रमुख सरला राईलाई सम्मान पत्रले सम्मान गरेका थिए ।

त्यसैगरी १ नम्बर प्रदेश सभा सदस्यहरु सुयर्माराज राई, कृष्णकुमारी राई, यायोक्खा मोरङका पूर्व जिल्ला अध्यक्षहरु रामकाजी राई, तिलकप्रसाद राई, बुद्धि चाम्लिङ, विवि राई लगायतलाई किराती संस्कार अनुसारको सम्मान र पेटा लगाएर सम्मान गरिएको थियो । जिल्ला अध्यक्ष नवीन राईको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष अर्जुन जम्नेली राईले स्वागत मन्तब्य राखेका थिए ।

सम्मेलनले आगामी तीन बर्षको लागि नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष अर्जुन जम्नेली राईले बताए । समिति सर्वसहमतिको आधारम ाचयन हुने समेत राईले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.