Websoft University

कसमस सिमेन्ट उद्धोघलाई वन क्षेत्रबाट चुनढुङ्का उत्खनन गर्न रोक लाग्यो


श्याम राई-उदयपुर-गाईघाट,माघ २८ गते । रातो तारा डट कम,
कसमस सिमेन्ट उद्धोघले नियम मिचेर वन क्षेत्रबाट चुनढुङ्का उत्खनन गरेको भन्दै वन कार्यलय उदयपुर उत्खननमा रोक लगाएको छ ।

कसमस सिमेन्टले उदयपुरको गढी गाउँपालीकाको वडा नं ४ र ५ मा पर्ने माटीखोला राष्ट्रिय वन क्षेत्रबाट चुनढुङ्गा निकाल्दै आएको छ । वनले उत्खनन गर्न रोक लगाएपछ दुई दिनदेखि चुनढुङ्गा उत्खनन कार्य बन्द भएको छ ।

उक्त सिमेन्ट उद्योगले कानुनी प्रकृया पुरा नगरी वन क्षेत्रबाट अवैद्य तरिकाले उत्खनन गरिएको पाईएको डिभिजन वन कार्यलय त्रिवेणीले जनाएको छ ।“हामीले कानुनी प्रकृया पुरा नगरेकोले तत्काल चुनढुङ्गा उत्खनन गर्न रोकेका हौँ ।” डिभिजन वन कार्यलय त्रिवेणी अन्तर्गतको सव डिभिजन तावाश्रीका सहायक वन अधिकृत धर्मनाथ यादवले भने ।

“कुनै प्रकृया पुरा गरेको रहेनछ । जंगलमा डोजर र स्काभेटर प्रयोग गरी जथाभावी चुनढुङ्गा  निकालिएकाृे रहेछ । हामी जंगल पुग्दा सवै भागीसकेका  थिए ।” सहायक वन अधिकृत यादवले भने । कसैलाई पक्राउ गर्न सकिएन । उत्खनन गरिएको क्षेत्रको चेकजाँच गरेर फिर्कियौँ । उनले भने ।

धनुषाको महेन्द्रनगरमा कारखाना रहेको कसमस सिमेन्ट उद्योगले उदयपुरको कटारी नगरपालीका ८ को पटनाभञ्ज्याङ्ग बाट समेत चुनढुङ्गा निकाल्दै आएको छ । अहिले कसमसले गढी को माटीखोलाबाट चुनढुङ्गा निकाल्ने क्षेत्र राष्ट्रिय वन भित्र परेको वन कार्यलयले जनाएको छ । डिभिजन वन कार्यलयका प्रमुख दान बहादुर श्रेष्ठले राष्ट्रिय वन क्षेत्रबाट अनुमति नलिकनै चुनढुङ्गा निकाल्ने गरेकोले तत्कालको लागी रोक लगाएको बताए।

तर कसमस सिमेन्टले भने निजि ब्यक्तिसँग किनेर आफ्नो स्वामित्वमा रहेको जग्गामा उत्खनन गरी चुनढुङ्गा निकालिएको जनाएको छ । “सबै प्रकृया पुरा गरेर हामीले चुनढुङ्गा निकालेका हौँ ।” कसमस सिमेन्टका कार्यकारी प्रमुख कृष्ण दुलाल ले भने । “खानी क्षेत्रसम्म बाटो पु्याउन काम भैरहेको बेला वन कार्यलयले अवरोध गरेको उनले
त्रताए ।
                                                         

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.