श्याम राई-गाईघाट, माघ २८ गते । रातो तारा डट कम,
गुडिरहेको बसको ढोकामा उभिएका सहचालकको बिजुलीको पोलमा च्यापीएर मृत्यु भएको छ ।
उदयपुरको नेपालटारबाट कटारी तर्फ जाँदै गरेको ना ५ ख ३८८४ नम्बरको बसको सह चालक २१ बर्षिय रोशन कार्कीको आईतबार राती ८ बजे कटारी नगरपालीका ५ सीसाघारी मा च्यापीएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक कार्की बसको ढोका छेउमा बसीरहेको बेला विपरित दिसाबाट आईरहेको मोटरसाईकल लाई चालकले साईड दिने क्रममा सडक छेउ नजिकको बिजुलीको पोलमा कार्की च्यापीएका थिए ।
गम्भिर घाईते उनको उपचारको लागी कटारी अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय कटारीका डिएसपी धु्रव श्रेष्ठले बताए ।
बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको उनले बताए ।
Post a Comment