Websoft University

ग्रेडेड स्कूलमा स्पोर्ट्स मिट सुरु

 
विराटनगर,माघ २८ गते । रसतो तारा डट कम, विराटनगरस्थित ग्रडेड बोर्डिङ स्कूलमा ‘ग्रेडेड स्पोर्ट्स मिट २०७५’ सुरु भएको छ ।

स्कूलले सोमबार एक कार्यक्रम आयोजना गरि दुई दिने स्पोर्टस् मिट सुरु गरेको हो । मंगलबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको छ ।

स्पोर्ट्स मिटमा दौड, ज्याबलिङ्ग थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी, शु रेस, टेवलटेनिस लगायतको खेलहरू संचलान छ । उक्त स्पोर्ट्स मिटमा नर्सरीदेखी कक्षा १० सम्मका ६ सय विद्यर्थाीहरूले भाग लिएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिनुभयो ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो गतिविधिहरू गर्दै आएको प्रिन्सिपल सुवालले बताउनुभयो । स्पोर्ट्स मिटको बिजेताहरूले आकर्षक ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । स्कूलका विद्यार्थीहरूले स्पोर्टस मिट उद्घाटन हुनु अघि ¥याली समेत निकालेका थिए ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.