Websoft University

न्यूरोमा १ दिने अर्थोपेडिक कार्यशाला हुने


बिराटनगर, माघ २८ गते। रातो तारा डट कम, अर्थोपेडिक(हाडजोर्नी)का चिकित्सक एवं बिशेषज्ञहरुकोे“ २४ औं राष्ट्रिय सम्मेलन अर्थोकोन २०१९,१ नं प्रदेशको अस्थाथी राजधानि बिराटनगरमा पहिलो चोटि हुने भएकोछ।

बिराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियेलिटि हस्पिटलका वरिष्ठ अर्थोपेडिक सर्जन तथा अर्थोकोन २०१९ का आयोजना अध्यक्ष डाक्टर नविनकुमार कर्णका अनुसार यहि फाल्गुन २ र ३ गते  “२४ औं अर्थोकोन २०१९ हुने भएको छ ।

हामी संग कुरा गर्दै “अर्थोकोन २०१९ का समेत आयोजना अध्यक्ष डा.कर्णले २४ औं अर्थोकोन २०१९ को अवसर पारेर न्यूरो कार्डियो एण्ड मल्टि स्पेसियालिटि हस्पिटलमा फाल्गुण १ गते एक दिने प्रि कन्फेरेन्स वर्कसप हुने जानकारी दिनु भएको छ ।

वर्कसपमा नेपाल भरिका ३० भन्दा धेरै अर्थोपेडिक सर्जनहरुको सहभागिता हुने छ भने उतm वर्कसपलाई नेपाल , भारत, अमेरिका लगायतका १५ बढी बरिष्ठ अर्थोपेडिक सर्जनहरुले सम्बोधन गर्नुहुनेछ ।

 न्यूरो अस्पतालमा हुने वर्कसप अर्थोस्कोपी उपचार प्रक्रिया सम्बन्धी हुने जनाइएको छ । न्यूरो अस्पतालले विगत केहि वर्ष
देखि अर्थोस्कोपी प्रविधिबाट घुँडाको शल्यक्रिया तथा जोर्नी प्रत्यारोपन सफलतापूर्वक गर्दे आएको सन्दर्भमा  यस्ता खाले वर्कसपले अर्थोस्कोपी प्रविधी तथा जोर्नी प्रत्यारोपनमा अझ सचेतना फैल्याउन मद्दत पुग्ने डा. कर्णले बताउनु भयो  ।
हालसम्म न्युरो अस्पतालबाट गरिएको यस प्रविधिको शल्यक्रियाबाट करिव ५१ जना हाडजोर्नी सम्बन्धि बिरामीहरुले लाभ उठाई सक्नु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.