शिव भट्टराई माघ २८ गते । रातो तारा डट कम,
इटहरी ४ स्थित माखम टोलमा डेरा गरेर बस्दै आएकी ३० बर्षीया सोनिया राई (नाम्जाली) को स्थानीय लालबहादुर राईले छुरा प्रहार गरि हत्या गरेका हुन् ।
आज साँझ ६ बजे डेरामा नै महिलाको हत्या गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईँका अनुसार घटना भएको १५ मिनेटमा नै प्रहरीले हत्यारा राईलाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।
हामीले राईलाई पक्राउ गरि अनुसन्धान गरिरहेका छौँ प्रहरी निरीक्षक चौलागाईँले टेलिफोन सम्पर्कमा, शबलाई पोष्र्टमार्टमका लागि धरानस्थीत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकिएको छ ।
एक छोरा र एक छोरी रहेकी राई ८ महिना अगाडिबाट लालबहादुर सँग बस्दै आएको सुक्ष्म अनुसन्धानबाट खुलेको चौलागाईँले जानकारी दिए । मृतककी श्रीमान विदेशमा रहेका छन् ।
Post a Comment