विराटनगर, फगुन ३ गते । रातो तारा डट कम, बिराट राजवंशी समाज उत्थान समितिले विभिन्न माग राखी शुक्रवार यहाँ आन्दोलनको घोषणा गरेको छ । समितिले शुक्रवार विराटनगरमा पत्रकार भेटघाट गरी आन्दोलनको घोषण गरेको हो ।
यही फागुन ४ गते आन्दोलन सुरु हुने भन्दै समितिले आन्दोलनक विभिन्न कार्यकमसहित सात बुधे मागपत्र प्रस्तुत गरेको छ ।
प्रदेश एकलाइ विराट प्रदेश घोषणा गर्न, विराटनगरलाई स्थायी राजधानी तोक्न, गर्न, विराट राजवंशी समुदायलाई आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानमा सूचीकृत गर्न,भेडियारीस्थित विराट दरवार क्षेत्रको संरक्षण एवमु सम्बर्धन गरी पर्यटक क्षेत्रको रुपमा विकास गर्न, विराट राजवंशीलाई राज्यका हरेक अंगमाा स्थान दिन माग गरिएको छ ।
पत्रकार घेटघाटमा समितिका सभापति भुवनेश्वर मण्डल र आन्दोलन समितिका स.योजक सिनधुलाल राजवंशीको सहभागित थियो ।
Post a Comment