श्याम राई-उदयपुर-गाईघाट,फागुन ३ गते । रातो तारा डट कम,फागुन ५ गते विशेष कार्यक्रमको आयोजनागरि उदयपुरलाई साक्षर जिल्ला घोषण गरिदै छ । जिल्ला अनौपचारीक शिक्षा समिति र समन्वय समिति उदयपुरले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जिसस प्रमुख खड्गा परियारले नेपाल सरकारले बनाएको मापढण्ड अनुसार ९५ प्रतिशत साक्षरता भए पश्चात साक्षर जिल्ला घोषणा गर्न मिल्ने भएकोले उदयपुरलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको बताए ।
शिक्षा, विज्ञान तथा प्राविधि मंत्रालयको औपचारीक शिक्षा केन्द्रले गरेको अनुगमन, मूल्याङंकन तथा तथ्याकं भेरीफाई अनुसार उदयपुरको साक्षरता ९६ दशंमलब ३२ प्रतिशत रहेको छ । उदयपुर प्रदेश न. १ को १० औं र देशभरीको ४८ औ साक्षर जिल्लाको रुपमा घोषणा हुन लागेको प्रमुख परियारले बताए ।
उक्त घोषणा कार्यक्रममा उप–प्रधान तथा रक्षा मंत्री ईश्वर पोखरेल, शिक्षा विज्ञान तथा प्रविधि मंत्री गिरीराजमणी पोखरेल, प्रदेश १ का मुख्य मंत्री शेरधन राई, प्रदेश १ कै सामाजिक विकास मंत्री जिवन घिमिरे आउनु हुने प्रमुख परियारले बताए ।
कार्यक्रमलाई भब्य बनाउन उक्त दिन विभिन्न जातजातिका भेष भुसा झाकीहरु र सांस्कृतीक कार्यक्रम सहितको ¥यालीले गाईघाट बजार परिक्रमा गर्ने उनले बताए । त्यसैगरि भगवती मंदिर परिसरमा रहेको त्रियुगा नगरपालिका द्धारा निर्मित साक्षर स्तम्भको उप–प्रधान मंत्री पोखरेल द्धारा उद्घाटन गरिने छ ।
Post a Comment