Websoft University

आगलागीबाट ५ लाख बराबरको क्षति

मोरङ, माघ २४ गते । रातो तारा डट कम,मोरङको रंगेली नगरपालिका-३ रंजनी भन्ने स्थानमा अग्नी प्रसाद पनेरुको गाई गोठमा गए राती आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बरबारको क्षति भएको छ ।

राती १ बजेको समयमा पनेरुको गोठमा खोले पकाउने क्रममा अचानक चुल्होबाट आगलागी हुँदा बाँसको टाटी बेराले लगाएको टिन र टालीको छानो भएको २ तले गोठमा आगलागी भएको हो । 

आगलागीबाट गोठमा भएको सखुवाको चिरान काठ ६ सय थान, क्लवको प्लाष्टिकको कुर्सी ५० थान, गिलास ५० थान, प्लेट १०० थान र गोठ नजिकै रहेको ३ बिगा खेतको परालको टाल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

उक्त आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.