Websoft University

लागूऔषध सहित विराटनगरबाट २ जना पक्राउ


बिराटनगर, माघ २६ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका-१४ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध सहित सुनसरी दुहबी नगरपालिका-३ बस्ने बर्ष २७ को दिपेन तामाङलाई लुपिजेसिक-५ एम्पुल, डाईजेल्याव-५ एम्पुल, एभिल-५ एम्पुल र फेनारागन-३ एम्पुल साथै धरान उप-महानगरपालिका-८ बस्ने बर्ष ३८ को गोपाल योन्जनलाई स्पास्मोप्रोक्सिभोन क्याप्सुल-७२ पिस र नाईट्रोजन ट्याव्लेट-२० चक्की सहित पक्राउ गरेको हो ।

उनीहरुलाई दिउँसो पौने ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सिमा प्रहरी चौकी रानीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.