Websoft University

राष्ट्रिय कृषक समुहको अधिबेशन बिराटनगरमा


बिराटनगर,पुस ७ गते । रातो तारा डट कम,राष्ट्रिय कृषक समुह महासंघ नेपालले १ नम्वर प्रदेशका ७ जिल्लाहरुबाट कृषकहरुलाई प्रदेशको राजधानी बिराटनगरमा जमघट गराएर कृषक समुहहरुको आज प्रदेश स्तरीय अधिबेेशन  हुदैछ ।

राष्ट्रिय कृषक समुह महासंघ नेपालका अध्यक्ष उद्घव अधिकारीले दिनुभएको जानकारी अनुसार यो कृषक समुह महासंघ २०६८ साल भदौ २३ गते स्थापना भई नेपालका सबै जिल्लाका कृषकहरुको हक हितमा काम गर्दै आएको सस्था हो भन्नुभयो ।

कृषक समुह पहिलादेखिनै कृषि बिकास, सहकारी डिभिजन, पसु, कार्यलयमा दर्ता भई आफना कार्यहरुलाई निरन्तरता दिदै आएको भए पनि राज्यको पुन्संरचना भई देश गणतान्त्रीक संघीयतामा गइसकेकाले हाम्र समुहहरुलाई पनि तलैबाट संगठन बिस्तार गरी, जिल्ला समूह हरुलाई कायम राख्दै सातै प्रदेशमा प्रदेश स्तरीय राष्ट्रिय कृषक समुह गठन गर्नु पर्ने भएकाले १ नम्वर प्रदेश स्तरीय कृषकहरुको बिराटनगरमा अधिबेशन आज बोलाईएको हो, कार्यक्रमका प्रमुख अतिथि तथा महासंका केन्द्रीय अध्यक्ष उद्घव  अधिकारीले बताउनु भयो ।

महासंका केन्द्रीय महासंचिव नवराज बस्नेतले राष्ट्रिय कृषक समुह महासंघ नेपाल राजनीतिबाट अलग रही कृषकहरुको हक हितमा मात्र काम गर्ने कृषक समुह भएको बताउनु भयो । आज हुने कृषक समुहहरुको अबिधेशनमा कृषि संम्वधि ऐन कानुनहरु नबनेकाले त्यस संम्बन्धमा राष्ट्रिय कृषक समुह महासंघ नेपालले तयार पारेको मसौंदाका बारेमा छलफल गरी कानुनी रुप दिन  सरकारलाई सुइााव दिने निर्णय समेत हुने छ, भने आजै १ नम्वर प्रदेश स्तरीय कृषक समुहका सदस्य मध्ये ५१ प्रतिसत महिला सहभागी हुने गरि समुह गठन हुने इाापाका जिल्ला अध्यक्ष महेश तिम्सिनाले बताउनु भयो ।

इलाम जिल्लाका कृषि समुहको जिल्ला अध्यक्ष बिष्नु दुलालले-यो नितान्तै कृषहरुको समुह भएकाले यो अधिबेशनमा केन्द्रले आन्तरीक स्रोत र युयान डिपी,केयर नेपाल,समेतको सहयोमा करिव रु ६८ हजार ५ सय खर्च गर्ने गरी यो अधिबेशन आयोजना गरेको बताउनु भएकोछ ।

कार्यक्रम सुरु हुनु अगि किसान एकता जिन्दावाद,कृषि ज्ञनकेन्द्र खारेज गर,किसानलाई परिचय पत्र दे,
किसानहरुको सुरक्षाको ग्यारेण्टी गर,कृषि उत्पादनको बजार व्यवस्था गर,बाली सरक्षणमा जोड दे,उखु किसानको तोकेको मुल्य भुक्तानी गर, जस्ता नारा लगाउदै अतिथि सदनबाट गोल्छा चोक महानगरपालिका मोड सिडियो कार्यलय अस्पताल चोक जलजला चोक हुदै अतिथिसद पुगेर अधिबेशनमा परिणत भएको थियो ।

कार्यक्रममा ७ जिल्लाका करिव ८४ कृषक समुहका पदाधिकारी र केन्द्रिय समितिबाट अध्यक्ष लगाएत ५ जनाको सहभागिता रहने आयोजकले जानकारी गराएकाछन ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.