Websoft University

दाङमा शैक्षिक भ्रमणको बस दुर्घटना २३ जनाको मृत्यु, १७ घाईते


काठमाण्डौं,पुस ७ गते । रातो तारा डट कम, राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा हिजो बेलुका शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ । ती मध्ये ५ जनाको मात्रै सनाखत भएको छ । मृत्यु हुनेमा १८ पुरुष र ४ जना महिना छन् ।

दुर्घटनामा १० पुरुष र ५ महिला गरी १५ जना घाइते छन् । घाइतेहरु सबैलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके लगिएको छ । मृतकमध्ये गाडी चालक घोराही उपमहानगरपालिका ३ का ३२ वर्षीय मदन केसी, कृष्णसेन ‘इच्छुक’ बहुप्राबिधिक शिक्षालयका शिक्षकहरु घोराही १७ का २८ वर्षीय प्रदिप घिमिरे र भूमे गाउँपालिका ६ रुकुमपूर्वका २८ वर्षीय नरेश ओली तथा दंशिशरण गाउँपालिका १ दाङका ३० वर्षीय सञ्जिव रत्गैया र घोराही १४ का १७ वर्षीय बिजय जिएमको सनाखत भएको छ ।

अन्यको सनाखत हुन बाँकी छ । गाडीमा ३४ बिद्यार्थी, दुई शिक्षक र एक चालक गरी ३७ जना सवार रहेको जिल्ला प्रहरीले जनाएको छ । सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट ७ सय मिटर तल खसेको थियो । बस टुक्राटुक्रा भएको र भिरालो भूगोल भएका कारण उद्धारमा समस्या भएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले बताउनुभयो ।

रातीको समय भएकाले सबै विवरण संकलनमा समस्या भएको र घटनाको कारण थाहा हुन नसकेको प्रहरीेले जनाएको छ । घटनास्थल तुलसीपुर बजारदेखि करिव १२ किलोमिटर उत्तरमा पर्छ । तुलसीपुर र कपुरकोटको बीचमा पर्ने राम्री दाङ र सल्यानको सिमा क्षेत्र नजिक पर्छ । साँघुरो र भिरालो पहाडी भेग भएकाले दुर्घटनापछि उद्धारमा निकै समस्या भएको थियो । राती अवेरसम्म पनि उद्धार कार्य चलेको थियो ।

यसैवर्ष देखि घोराहीमा सञ्चालित कृष्ण सेन इच्छुक बहुप्राबिधिक शिक्षालयका शिक्षक विद्यार्थी शैक्षिक भ्रमणका लागि चढेको गाडी दुर्घटना भएको हो । घोराही उपमहानगरपालिका १७ गैरागाउँमा सञ्चालित कलेजमा वन विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षकहरु सल्यानको कपुरकोटमा वनस्पती विषयको प्रयोगात्मक अभ्यासका लागि हिजो बिहान गएका थिए । फर्कने क्रममा गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.