Websoft University

बेलिव्रिज खोल्दै जोड्दै गर्दा सरकाको १ करोड भन्दा बढी रकम वषै पीच्छे खर्च हुदै


श्याम राई उदयपुर,गाईघाट पौष ७ गते  । रातो तारा डट कम,वर्षेनी सुनकोशीमा जडान गर्दै खोल्दै गर्दा बेलिव्रिजमा मात्र सरकाको १ करोड भन्दा बढी रकम खर्च  हुने गर्छ । उदयपुर र खोटाङंको सीमा स्थल फोक्सिनटारस्थीत सुनकोशीमा बुधबार बेलिव्रिज जडान गर्दा सडक विभागले झण्डै ८१ लाख रुपैया खर्च भएको छ ।

बेलिब्रिज जडान गरेको स्थानदेखि झण्डै ५० मिटर तल कोशीमा पक्कि पुल बनाउन शुरु भएको झण्डै १० वर्ष भैसक्यो तर पनि अझै पक्कि पुल बनेको छैन । ठेकेदार कम्पनीले पुल निर्माणमा ढिलाई गर्दा सरकारले लाखौ रुपैया खर्च गरेर वर्षेनी बेलिब्रिज जडान गर्दै आएको छ ।

पुल नबन्दा सुनकोशीमा ९ वर्षदेखि बेलिब्रिज जडान गरिदै आएको छ । हिउदमा जडान गरि वर्षादमा खोल्नु पर्ने हुदा सरकारी रकम अनावश्यक रुपमा खर्च हुदै आएको छ । ‘ हरेक वर्ष बेलिब्रिज जडान र खोल्नु पर्दा १ देखि डेढ करोड रुपैया खर्च हुने गरेको छ । ५० मिटर लामो बेलिब्रिज खोल्दा र पुःन जडान गर्दा उत्तिकै खर्च हुने गरेको छ ।’ गाईघाट– दिक्तेल सडक योजनाका ईन्जिनियर निर्जन श्रेष्ठले भने,‘ समयमा पुल नबन्दा बेलिव्रिजमा अनावश्यक रकम खर्चनु परेको उनले बताए ।’

 सयममा ठेकेदारले पुल निर्माण गरिदिने हो भने  वर्षेनी लाखौ रुपैया अनावश्यक रुपमा खर्च गर्नु नपर्ने उनले बताए । पुल निर्माणले गती लिन नसक्दा उदयपुर खोटाङंसम्म सिधा यातायात संचालनको लागि सुनकोशीमा बेलिब्रिज जडान गरिएको हो ।

हरेक वर्ष वर्षायाममा कोशीमा आउने बाढीबाट बचाउन बैशाख÷जेष्ठमा बेलिव्रिज खोल्ने गरिएको छ भने हिउद लागेपछि कार्तिक÷मंशिरमा पुन जडान गरेर खोटाङंसँग सिघा यातायात संचालन गरिदै आएको छ ।
‘ यो वर्ष सुनकोशीमा बेलिब्रिज लगाउने कार्य ढिलाई भयो । दशैं, तिहारले गर्दा यो साल जडान गर्ने काम एक महिना ढिलो भयो ।’ निमित्त डिई श्रेष्ठले भने ।

बेलिब्रिज जडानसँगै बुधबारदेखि खोटाङंसँग सिघा यातायात सेवा सूचारु हुन पुगेको उनले बताए ।
सगरमाथा कन्ट्रक्सन गाईघाटले विगत ७ वर्षदेखि बेलिब्रिज जडान गर्ने र खोल्ने काम ठेक्का मार्फत गर्दै आएको छ ।‘ दुई वर्ष अरु नै निर्माण व्यावसायीले बेलिब्रिज जडानको ठेक्का पाएको भएता पनि ७ वर्षदेखि सगरमाथा कन्ट्रक्सनले काम पाएको गाईघाट– दिक्तेल सडक योजनाले जनाएको छ ।

नौ वर्षको अवधिमा सुनकोशीको बेलिब्रिज जडान र ओल्ने काममा सडक विभागको ११ करोड रुपैया भन्दा बढी खर्च भैसकेको छ ।‘ अब अरु कती वर्ष बेलिब्रिजमा राज्यको कोषबाट खर्च गर्नु पर्ने हो ?’ ईन्जिनियर श्रेष्ठले भने । पुल निर्माणको काम २० प्रतिशत पनि सकिएको छैन । पुल निर्माण नहुदा सम्म सुनकोशीमा वर्षेनी बेलिब्रिज जडान गर्नु को  अर्को कुनै विकल्प छैन ।’ उनले भने ।

ठेकेदार कम्पनीका प्रोपाईटर प्रेम कार्कीले निर्धारीत समय भन्दा अगाडी नै बेलिब्रिज जडान गर्ने काम भएको बताए ।‘ मलाई दिएको समय भन्दा अगाडी नै बेलिब्रिज जडान गर्ने काम भएको छ ।’ उनले भने,‘ बुधबार बेलिब्रिज जडान गरिएसँगै खोटाङं तर्फ यातायात सेवा पुःन सुचारु भएको छ ।’

गाईघाट–दिक्तेल सडक योजना तत्कालिन मनमोहन अधिकारी नेतृत्वको सरकारले ५३ साल देखि शुरु गरेको हो । १ सय ३९ किलोमिटर दुरीको उक्त लोकमार्गले २२ वर्ष वितिसक्दा पनि अझै पूर्णता पाउन सकेको छैन । फोक्सिनटारदेखि उदयपुरतर्फको ५३ किलोमिटर मध्ये गाईघाट–साउने खण्डको १९ किलोमिटर कालो पत्रे भैसकेको छ । तर साउनेदेखि फोक्सिनटार सम्मको बाकी भागमा भने स्तरउन्नती र ग्राभेल गर्ने काम भैरहेको योजना कार्यालयले जनाएको छ ।


                                                         

















                                                                                                                             

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.