Websoft University

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले गरे राजीनामा



काठमाण्डौं,पुस ६ गते । रातो तारा डट कम,अमेरिकी रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिनु भएको छ । सिरियालगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत भएका रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिनु भएको हो ।

राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको पुष्टी गर्दै नयाँ रक्षामन्त्री छिट्टै नियुक्त गर्ने घोषणा गर्नु भएको छ । म्याटिस आगामी फेब्रुअरीबाट सेवानिवृत्त हुने तयारीमा हुनुहुन्छ । रक्षामन्त्रीको राजीनामालाई अमेरिकी राष्ट्रपति ट्रम्पका लागि अर्को ठूलो झट्काको रुपमा हेरिएको छ ।

ट्रम्पले सिरियामा आईएसविरुद्धको लडाईं समाप्त भएको उद्घोष गर्दै त्यहाँ तैनाथ सम्पूर्ण सेनालाई अमेरिका फर्काउने घोषणा गर्नु भएको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.