केशव न्यौपाने-रगेली भदौ २४ गते । रातो तारा डट कम,मोरङ्गको रंगेलीमा स्थानीय सन्थाल जातको छाता पर्वमा आउनु भएका मन्त्री मण्डलले स्थानीय सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रचलित कानुनमा काला बजारी गर्नेलाई ६ महिना जेल सजायको व्यवस्था भएकोले आफु कसैको दबाबमा नपरी कालो बजारी गर्नेलाई कानुन अनुसार जेल होल्ने दावा गर्नु भएको हो ।
केही समय अघि काठमाडौँको दरवार मार्ग स्थित पसलमा छापा मारेको प्रकरणको बिषयलाई इङगित गर्दे मन्त्री शिव कुमार मण्डलले नेपालका अन्य शहरहरुमा समेत त्यस किसिमको काला बजारी हुने गरेको थाहा पाएको र चाँडै नै त्यसको पनि अनुगमन गर्ने समेत बताउनु भयो ।
स्थानीय सन्थाल जातको छाता पर्वमा मोरङ्ग, सुनसरी, झापा र छिमेकी भारतका विभिन्न ठाउँबाट सन्थाल जातीका मानिसहरु आई नृत्य गर्नुका साथै पर्वलाई हर्षोउल्लाससाथ मनाएका थिए ।
Post a Comment