Websoft University

१०४औँ बि.पी.जन्म जयन्ती डाईनियामा मनाइयो



केशव न्यौपाने-रगेली, भदौ २४ गते । रातो तारा डट कम,काँग्रेस नेतृ सुजाता कोइरालाले बिशेश्वर प्रसाद कोइरालाको चाहनालाई बुझेर जनताको सेवा गर्ने व्यक्ति नै सच्चा काँग्रेसी भएको धारणा व्यक्त गर्नु भएको छ ।

मोरङ्गको डाईनियामा नेपाली काँग्रेस क्षेत्र नं.१ को आयोजनामा १०४औँ बि.पी.जन्म जयन्ती तथा जनप्रतिनिधीहरुको सम्मान कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएकी नेतृ कोइरालाले बि.पी.बाबुको समाजवादका बारेमा चर्चा गर्नु भएको थियो ।

समारोहलाई सम्वोदन गर्दै काँग्रेस केन्द्रिय सदस्य अमृत अर्यालले नेपाली काँग्रेसको आधार क्षेत्र मधेश भएकोले काँग्रेसले कहिले पनि मधेशलाई उपेक्षा गर्नेवाला छैन काँग्रेसले हिमाल र पहाडलाई मधेश सँग मधेशलाई हिमाल र पहाड सँग जोड्ने काम गर्ने बताउनु भयो ।

कार्यक्रममा धनपालथान गाउपालिका, रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, उर्लावारी नगरपालिका, कानेपोखरी गाउपालिकामा गत स्थानीय तहको निर्वाचनमा काँगेसका तर्फबाट बिजयी भएका जनप्रतिनिधीहरुलाई सम्मान पत्र र खादा ओढाएर नेतृ कोइराला र केन्द्रिय सदस्य अर्यालले सम्मान गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.